महोत्तरी- महोत्तरी-१ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ। मतगणनाका क्रममा बुधबार उक्त पत्र भेटिएको हो।
पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन्। त्यस क्षेत्रमा उम्मेदवारी दिने सवै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन्।
सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा मत खसाल्न जनता बाध्य भएकाल मात्र मत हाल्ने गरेको उल्लेख गरेका छन्। अर्को निर्वाचनमा उम्मेदवारहरूको उमेर र शैक्षिक योग्यता निर्धारण गर्न पनि मतदाताले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाई खामबन्दी गरेर राखेको छ। सञ्चारकर्मीलाई फोटो खिच्न भने दिइएको छैन।