काठमाडौं- झापा क्षेत्र ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन्। उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ।