मोरङ- मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले मतान्तर बढाएका छन्।
१४ हजार ६३९ मतका साथ अग्रस्थानमा रहेका कोइरालालाई एमालेका लालबाबु पण्डितले पछ्याइरहेका छन्। पण्डित १२ हजार १४४ मतसहित प्रतिस्पर्धामा छन्।
यसअघि २०७४ को निर्वाचनमा कोइरालालाई पराजित गर्दै पण्डित निर्वाचित भएका थिए।