काठमाडौं– ओखलढुंगाको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा विजयी भएका छन्। खतिवडा ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे। खतिवडा कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।