काठमाडौं– पर्सा क्षेत्र ४ बाट नेपाली कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित भएका छन्। एमाले–जसपा गठबन्धनका उम्मेदवार जसपा नेता सुरेन्द्रप्रसाद कुर्मीलाई ५ हजार ५ सय बढी मतान्तरले हराउँदै चौरसिया विजयी भएका हुन्।
चौरसियाले २४ हजार ९७२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कुर्मीले १९ हजार ४५० मत प्राप्त गरे छन्। चौरसिया र कुर्मीको मतान्तर ५ हजार ५२२ रहेको छ। राप्रपाका नरेशकुमार साहले २ हजार ४५४ मत प्राप्त गरेका छन्।