काठमाडौं– बागलुङ क्षेत्र १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन्। प्रदेशसभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्।