काठमाडौं– काठमाडौं क्षेत्र ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्। खनाल १४ हजार २०४ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरे। यस्तै, तेस्रो स्थानमा रहेका कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्याए।