काठमाडौं– नेकपा एमाले नेता योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भट्टराईले २१ हजार ९४६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन्।
मतगणनाको सुरु चरणबाटै योगेश झिनो मतले खेलप्रसादसँग पछि परेका थिए। भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा दोस्रोपल्ट निर्वाचित भएका हुन्।