काठमाडौं– नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
घर्तीले १२ हजार २६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे।स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत प्राप्त गरेका छन्।