डोटी- डोटी प्रदेश सभा २ मा नेकपा माओवादीका शिवसिंह ओली विजयी भएका छन्। १४ हजार ४७ मतका साथ ओली विजयी हुँदा निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका टेक बमले १३ हजार १ सय २८ मत मात्रै ल्याए।
शिवसिंह ओली यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव थिए।
यहाँ ३० हजार २ सय ३४ मत खसेको थियो। जसमा १ हजार ७ सय ३२ मत बदर भए।