बुटवल- गुल्मी क्षेत्र नम्बर १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता लिएका छन्।
ज्ञवालीले ५७७ मतका साथ अग्रता लिँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै राप्रपाका उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभातर्फ कालिगण्डकी गाउँपालिका-१ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो। जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजेदेखि मतगणना गर्न सुरु गरिएको छ।