मंगलबार, वैशाख ३०, २०८२

कैलालीमा देखियो रेशमको शक्ति

१ र २ नम्बर क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता रहेको छ। ती क्षेत्रमा प्रदेशसभामा पनि नागरिक उन्मुक्तिकै बहुमत आउने देखिएको छ। यो नागरिक उन्मुक्तिका लागि छोटो समयमा प्राप्त गरेको ठूलो सफलता हो।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– स्थानीय तह निर्वाचनमा कैलालीमा पहिलो दल बनेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभा र प्रदेशसभामा पनि हिलो बन्ने संकेत देखिएको छ। ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरिसकेको छ।

१ र २ नम्बर क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता रहेको छ। ती क्षेत्रमा प्रदेशसभामा पनि नागरिक उन्मुक्तिकै बहुमत आउने देखिएको छ। यो नागरिक उन्मुक्तिका लागि छोटो समयमा प्राप्त गरेको ठूलो सफलता हो।

१९ पुस २०७८ मा रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ पार्टी गठन गरेका थिए। टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन्। तर, उनको पहलमा नै नागरिक उन्मुक्ति पार्टी गठन भएको हो। जेलभित्रैबाट रेशमले निर्देशनदायी भूमिका निर्वाह गरिरहेका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले ‘क्लिन स्वीप’ नै गरेको छ। यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। 

गंगाराम २३ हजार १२० मतसहित विजयी हुँदा नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतमा भए। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्।

Metro Mart
worldlink

नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे। कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको छ।

यस्तै प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभातर्फको क मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९२३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए। 

प्रदेशसभातर्फको ख मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६१९ मत ल्याए।

कैलाली निर्वाचन क्षेत्र नम्बर पनि १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छन्। 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले पछ्याइरहेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि रहेका छन्। प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले अग्रता लिइरहेका छन्।

नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल उनका निकटतम प्रतिस्पर्धी रहेका छन्। कैलाली क्षेत्र नम्बर १ र २ का प्रदेशसभातर्फ पनि उन्मुक्ति पार्टीकै उम्मेदवारले लिड गरिरहेका छन्।

कैलालीमात्र नभएर बर्दियामा समेत नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव विस्तार गरेको छ। बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेशमका बुवा लालवीर चौधरी निर्वाचित भएका छन्। 

लालवीरसँग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन्।

प्रकाशित: Nov 23, 2022| 13:56 बुधबार, मंसिर ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।