बुधबार, भदौ ११, २०८२

कैलाली-३ मा नागरिक उन्मुक्तिको 'क्लीन स्वीप'

 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– कैलाली ३ मा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले क्लीन स्वीप गरेको छ। प्रतिनिधिसभासहित यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा नागरिकले जित निकालेको हो।

मंगलबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मतगणनामा यहाँबाट गंगाराम चौधरी विजयी भएका थिए। चौधरी २३ हजार १२० मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका थिए।

२०७४ सालमा निर्वाचित नेकपा एमालेका गौरीशंकर चौधरी यहाँ प्रतिस्पर्धामै आउन सकेका थिएनन्। उनको प्रतिस्पर्धा तेस्रोमा राप्रपासँग भएको थियो।

बुधबार सम्पन्न प्रदेशसभाको मतगणनामा ३ 'क'मा  घनश्याम चौधरी र 'ख' मा खुसीराम चौधरी विजयी भएका छन्। घनश्यामले १३ हजार ९२३ मत पाउँदा उनका सुदूर प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर बुढाले ४ हजार६३१ मत पाएका छन्। यस्तै खुसीरामले ७ हजार ५३९ मत पाएकोमा सत्ता गठबन्धनका उम्मेदवार अमर साउँदले ६ हजार ६१९ मत पाएका छन्।

बर्दिया २ मा उन्मुक्तिको समर्थनमा रेशम चौधरीका पिता स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएकोमा कैलाली १ सहित बर्दिया १ मा पनि उन्मुक्तिको अग्रता कायम छ। कैलाली २ मा मंगलबार रातिसम्म उन्मुक्तिले निरन्तर अग्रता लिएकोमा त्यसयता माओवादीका भगतबहादुर बडुवालले उन्मुक्तिका अरुण चौधरीलाई पछि छाडेका छन्।

प्रकाशित: Nov 23, 2022| 13:46 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...