काठमाडौं– गुल्मी क्षेत्र २ नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्। विष्टले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई करिब २ हजार मतले पराजित गरेका हुन्।
गुल्मीबाट गोकर्ण विष्ट चौथो पटक निर्वाचित भएका हुन्। विष्टले आफ्नै पूर्वसहकर्मी झाँक्रीलाई पराजित गरेका हुन्। गुल्मी २ मा अन्तिम नतिजा सार्वजनिक हुँदा विष्टले २८ हजार ४७६ मत ल्याएका छन् भने झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन्।
विष्ट २ हजार ३४ मतको अग्रतासहित विजयी भएका छन्। २०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए।