काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ लाख मत कटाएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १ लाख ३६४ मत प्राप्त गरेको हो।
प्रत्यक्षतर्फ मतगणना चलिरहेका १७ क्षेत्रमा अग्रता कायम राखेको माओवादी केन्द्रले हालसम्म सिन्धुली २ मा खाता खोलेको छ। समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। दोस्रोमा कांग्रेस र तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ।
हालसम्म एमालेले हालसम्म समानुपातिकतर्फ २ लाख ४१ हजार ५९४, कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ११ हजार ३९४, माओवादी केन्द्रले १ लाख ३६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार २३६, जनता समाजवादी पार्टी, नेपालले १८ हजार ७४७, जनमत पार्टीले १७ हजार ५६३, नेपाल मजदुर किसान पार्टीले १६ हजार ४७७, नेकपा एसले १३ हजार २२४, नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३४ र अन्यले ५० हजार २ मत ल्याएको निर्वाचन आयोगले बताएको छ।