नेपालगञ्ज- बाँके २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार धवल शम्शेर राणा निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहम्मद इश्तियाक राईलाई पराजित गर्दै राणा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
राणाले २९ हजार ५७७ मत पाएका छन् भने राईले २३ हजार ५२० मतमात्र पाए।
त्यस्तै, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले चार हजार ४०३, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरीले एक हजार ३३३ र स्वतन्त्र उम्मेदवार इरफान अहमद शेखले एक हजार २८९ मत पाएका छन्।