काठमाडौं- कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन्।
मत गणना सुरुभएदेखि पछाडि परेका कांग्रेसका उम्मेदवार पन्तले पछिल्लो मत गणनामा नेकपा एमालेका नारद मुनी रानालाई एक सय १५ मतले पछि पारेका हुन्।
११ हजार दुई सय ४२ मत गणना हुँदा काँग्रेसका पन्तले तीन हजार आठ सय ११ मत ल्याएका छन्। नेकपा एमालेका नारदमुनी रानाले तीन हजार सात सय ७६ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले एक हजार छ ८१ मत पाएका छन्।