काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा सिन्धुलीबाट जित हासिल गरेको छ। सिन्धुली निर्वाचन क्षेत्र २ बाट माओवादीका लेखनाथ दाहाल विजयी भएका हुन्।
दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भीष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्।