बुधबार, भदौ ११, २०८२

प्रतिनिधिसभातर्फ २२ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक [सूचीसहित]

पछिल्लो मत परिणामअनुसार कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एस १, राप्रपा १ र नागरिक उमुक्ति पार्टी १ स्थानमा विजयी भएका छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

काठमाडौं– प्रतिनिधिसभाका १६५ मध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस १३, एमाले ३, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी १, राप्रपा १ र नागरिक उमुक्ति पार्टी १ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेसतर्फ डडेल्धुरा क्षेत्र–१ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं क्षेत्र–५ बाट प्रदीप पौडेल, मुस्ताङ क्षेत्र–१ बाट योगेश गौचन थकाली, रसुवा क्षेत्र–१ बाट मोहन आचार्य, मनाङ क्षेत्र–१ बाट टेकबहादुर गुरुङ, काठमाडौं क्षेत्र–१० बाट राजेन्द्रबहादुर केसी, ललितपुर क्षेत्र–१ बाट उदयशमशेर जबरा, सुर्खेत क्षेत्र–२ बाट हृदयराम थानी, काठमाडौं क्षेत्र–३ बाट सन्तोष चालिसे, तनहुँ क्षेत्र–२ बाट शंकर भण्डारी, पर्सा क्षेत्र–४ बाट रमेश रिजाल, काठमाडौं क्षेत्र–१ बाट प्रकाशमान सिंह, काठमाडौं क्षेत्र–४ बाट गगनकुमार थापा विजयी भएका छन्। 

एमालेतर्फ काठमाडौं क्षेत्र–९ बाट कृष्णगोपाल श्रेष्ठ, उदयपुर क्षेत्र–२ बाट अम्बरबहादुर रायमाझी, ललितपुर क्षेत्र–२ बाट प्रेमबहादुर महर्जन विजयी भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौं क्षेत्र–२ मा सोविता गौतम, काठमाडौं क्षेत्र–७ मा गणेश पराजुली र काठमाडौं क्षेत्र–८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन्।

एकीकृत समाजवादीतर्फ अछाम क्षेत्र–१ बाट शेरबहादुर कुँवर विजयी भएका छन्। राप्रपातर्फ बाँके क्षेत्र–२ बाट धबलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र–३ बाट गंगाराम चौधरी विजयी भएका छन्।

प्रकाशित: Nov 23, 2022| 11:47 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...