काठमाडौं– प्रतिनिधिसभातर्फको पछिल्लो मत गणनाअनुसार अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता लिइरहेका छन्। रायमाझीले प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार कांग्रेसकी पुष्पा भुसालसँग २ हजार ६३ मतको अग्रता कायम गरेका हुन्।
रायमाझीले २३ हजार ७२७ मत प्राप्त गर्दा कांग्रेसकी भुसालले २१ हजार ६६४ मत प्राप्त गरेकी छन्। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले १ हजार ६८६ मत प्राप्त गरेका छन्।