उदयपुर- उदयपुर क्षेत्र नम्बर १ मा वाम लोकतान्त्रिक गठबन्धनले अग्रता कायम राखेको छ। गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदावर परराष्ट्रमन्त्री नारायण खड्का ४ सय २७ मतान्तरले लिड गरिरहेका छन्।
खड्काले ६ हजार १५२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले ५ हजार ७२५ मतका साथ पछ्याइरहेकी छन्।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका धु्रव रायमाझीले ६ सय ९६ मत पाएका छन्। ७६ हजार ७५६ मत खसेको यस क्षेत्रमा अहिलेसम्म १५ हजार ९२ मत गणना भइसकेको छ।