काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन्। उनले एकीकृत समाजवादी पार्टीका कुसुमकुमार कार्कीलाई पराजित गरेका हुन्।
थापाले १० हजार ३१७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले ८ हजार ३८२ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका पुण्यलाल श्रेष्ठले ५ हजार १७७ मत ल्याए।
४ (क) मा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रिद्दी प्रताप जंगबहादुर राणा लाई पराजित गरेका हुन्। लामिछानेले ७१२५ मत ल्याउँदा जबराले ६६०४ मत ल्याए। नेकपा एमालेका तेजप्रसाद ढकालले ४३३५ मत पाए।