बुधबार, भदौ ११, २०८२

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

दाङ- दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिए। 

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट  बालिकाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। बालिकालाई ठक्कर दिए लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

यसैबीच पश्चिम दाङमा एक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-२ सिम निवासी ४० वर्षका  नवराज डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।

प्रकाशित: Nov 23, 2022| 10:13 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।