दार्चुला- दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन्।
एमालेका उम्मेदवार रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका माओवादी नेता धामीले २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरे। धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।