चितवन- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतान्तर बढाउँदै फराकिलो अग्रता बनाएका छन्।
ताजा मतपरिणाम अनुसार लामिछानेले १४ हाजर ८११ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४२ मत ल्याएका छन्।
यस्तै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ६ हजार ६०८ मत पाएका छन्। प्रमुख दल एमाले र कांग्रेसका उम्मेदवारले ल्याएको मत जोड्दा रास्वपाका लामिछानेले एक हजार २६२ मतका साथ अगाडि छन्।