इलाम- सुर्योदय नगरपालिका वार्ड नम्बर ३ जीलको दूध डेरीमा गए राति ३ बजेतिर अगलागी हुँदा लाखौंको क्षती भएको छ।
स्थानीय सुरेन राईले संचालन गर्दै आइरहेको डेरीमा गएराति आगलागी भएको हो।
विद्युतीय लाइनबाट आगलागी भएकाले बिक्री गर्न राखिएका छुर्पी, घिउ, तर, डेरीका मेसिन र कारखाना पूर्णरुपले क्षती पुगेको प्रहरीले जनाएको छ।