काठमाडौं- तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। हालसम्म २२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाएका छन्।
नेकपा एमालेका एकबहादुर राना मगर ७ हजार २३ मत ल्याएर दोस्रो स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार विकास सिग्देल २ हजार ३९९ मतसहित तेस्रो स्थानमा छन्। स्वतन्त्र उमेदवार गोविन्दराज जोशीले १ हजार ७२९ मत पाएका छन्।