काठमाडौं- सुर्खेत क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। पूर्वमन्त्रीसमेत रहेका थानीले एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीलाई पराजित गरेका हुन्।
निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार थानी ३४ हजार ६ सय २५ मतका साथ विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी अमृतबहादुर बुढा क्षेत्रीलाई उनले ५ हजार ६७ मतान्तरले पराजित गरेका हुन्। पराजित अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मत ल्याएका छन्।