सप्तरी- सप्तरी २ मा रोकिएको मतगणना सुरु भएको छ। जनमत पार्टी अध्यक्ष डा. सिके राउतले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन्।
अहिलेसम्मको मतपरिणाम अनुसार डा. राउतले २७ हजार ९२७ मत प्राप्त गरी दोब्बर मतले अगाडि छन्। उनलाई जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले १४ हजार ८५ मत ल्याएर पछ्याइरहेका छन्।
लोसपा उमेदवार जयप्रकाश ठाकुरले ५ हजार ६५९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ।