काठमाडौं- देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मत गणना जारी छ। प्रतिनिधिसभातर्फको प्रत्यक्ष, समानुपातिकतर्फको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
समानुपातिकमा अहिलेसम्म नेकपा एमालेले अग्रता कायम राखेको छ। नेकपा एमालेले अहिलेसम्म दुई लाख १८ हजार ७४८ मत प्राप्त गरेको छ। दोस्रोमा नेपाली कांग्रेस रहेको छ।
कांग्रेस दुई लाख नजिक छ। कांग्रेसले एक लाख ९६ हजार ३८१ मत प्राप्त गरेको छ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म एक लाख एक हजार ३०३ मत प्राप्त गरेको हो। माओवादीले ९१ हजार १७९ मत ल्याएको छ।
त्यसैगरी राप्रपाले ५१ हजार ७४१ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टीले १६ हजार ६०५ मत प्राप्त गरेको छ।
जनमत पार्टीले १५ हजार ९०३ मत ल्याएको छ। नेमकिपाले १३ हजार ६१३ मत ल्याएको छ भने नेकपा एकीकृत समाजवादीले ११ हजार ९२८ मत ल्याएको छ। नागरिक उन्मुक्ति पार्टीले १० हजार १९२ मत ल्याएको छ।