ताप्लेजुङ- प्रतिनिधिसभा निर्वाचनअन्तरगत ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले अग्रता कायम राखेका छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले पछ्याइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार बुडाक्षेत्रीले १३ हजार ९९४ मत ल्याउँदा भट्टराईले १३ हजार ६२ मत ल्याएका छन्।
उनीहरूबीच ९३२ मतको अन्तर रहेको छ।