रुपन्देही- रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तार बढाउँदै लगेका छन्।
सुरुवाती मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले मतान्तर बढाउँदै लगेका हुन्।
एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा ७ हजार ५५५ प्राप्त गरेर अघि छन्। दोस्रोमा रहेको घण्टीमा ६ हजार ८६९ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले ५ हजार ५०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।