काठमाडौं- रामेछापमा सत्ता गठबन्धनका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले अग्रता लिएका छन्। एमालेका उम्मेदवार कैलाश ढुंगेललाई पछि पार्दै कांग्रेस उम्मेदवार तामाङले अग्रता लिएका हुन्।
९ हजार ९ सय १४ मत गणना गर्दा तामाङले ५ हजार ८८ मत ल्याएका छन्। उनलाई पछ्याई रहेका ढुंगेलले ३ हजार ३ सय ३३ मत ल्याएका छन्।
रामेछापमा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि तथा प्रदेश सभाको गणना भइरहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिएका छन्। उमाकुण्ड गाउँपालिकाबाट भएको मत गणनामा माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले एमालेका उम्मेदवार शान्ति पौडेललाई पछाडि पारेका हुन्।
श्रेष्ठले ३ हजार ६ सय ७२ मत ल्याउँदा पौडेलले ३ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। राप्रपाका हिकमत बहादुर सुनुवारले १ हजार ३ सय ९५ मत ल्याएका छन्।