झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ११ हजार मतले अगाडि छन्।
ओलीले २४ हजार ३ सय २० मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १३ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ५ हजार २ सय ३९ मत ल्याएका छन्।