इलाम- इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले आफ्नो अग्रता कायमै राखेका छन्। बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालभन्दा २ हजार मतले अगाडि छन्।
पछिल्लो परिणामअनुसार बस्नेतले १० हजार २ सय ८७ मत ल्याएका छन्। उनलाई खनालले ८ हजार ७ सय ८० मतका साथ पछ्याइरहेका छन्।