काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्।
केसी १४ हजार ४५८ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन्। काठमाडौं १० बाट यो केसीको लगातार तेस्रो जित हो।
गठबन्धन बीनै उनले चुनाव जितेका हुन्।