काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको झापा क्षेत्र नम्बर १ मा जित निश्चित भएको छ। शर्मा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा ११ हजार ६१५ मतान्तरले अगाडि छन्।
झापा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार शर्मा ३१ हजार १ सय १५ मतका साथ अग्रस्थानमा छन्।
उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार खरेल १९ हजार ५०० मतका साथ दोस्रो स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी ६ हजार १२६ मत ल्याएका छन्।