काठमाडौं- कतारमा जारी विश्वकपको समूह सी अन्तर्गतको पहिलो चरणको खेलमा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरि खेलेका छन्।
प्रतिस्पर्धात्मक बनेको खेलको ५८औं मिनेटमा पोल्यान्डका खेलाडीलाई मेक्सिकोका डिफेन्डरले आफ्नै डिवक्सभित्र फउल गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो। तर, पाएको पेनाल्टीमा पोल्यान्डका कप्तान लेवान्डोस्की गोल गर्न चुके। उनको पेनाल्टी मेक्सिक लोकप्रिय गोलकिपर जी ओचाले बचाएका थिए। योसँगै लेवान्डोस्की विश्वकपमा आफ्नो पहिलो गोल गर्नबाट चुकेका छन्।
यो बराबरीसँगै समूह सी को समूह चरणका खेल थप रोमाञ्चक बनेका छन्। यो बराबरीले विशेषत अर्जेन्टिनालाई धेरै फाइदा पुगेको छ। पहिलो खेलमा साउदी अरबीयासँग अप्रत्यासित हार व्यहोररेको अर्जेन्टिना तालिकाको पुच्छरमा रहेको छ। अब बाँकी दुवै खेल जितेको अवस्थामा अर्जेन्टिनाले अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ।