बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मतगणना स्थल नजिकै खुकुरी प्रहार : एक युवकको मृत्यु, महिला घाइते

मतगणना स्थल नजिकै खुकुरी प्रहार : एक युवकको मृत्यु, महिला घाइते

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मंगलबार राति एक युवकको खुकुरी प्रहारबाट हत्या गएको छ। आक्रमणमा परी एक महिला घाइते भएकी छन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

बुटवल- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मंगलबार राति एक युवकको खुकुरी प्रहारबाट हत्या गएको छ। आक्रमणमा परी एक महिला घाइते भएकी छन्।

मृतक, घाइते र खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५/४५ वर्षका युवक रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएकी सोही उमेरकी महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन। मतगणनास्थलबाट करिब एक सय मिटरको दूरीमा उक्त घटना घटेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 23, 2022| 07:01 बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।