जनकपुरधाम- पर्सा प्रदेशसभा क्षेत्र १ (२)बाट मधेसका मुख्यमंत्री लालबाबु राउत निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउतले नेपाली कांग्रेसका रामनारायण कुर्मीलाई पराजित गरेका हुन्। राउतले ७ हजार ५४५ मत ल्याउँदा कुर्मी ६ हजार २१२ मत प्राप्त गरे।
राउत २०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए।