मंगलबार, वैशाख ३०, २०८२

अछाम–१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्।
 |  बुधबार, मंसिर ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ७, २०७९

अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। ४ हजार ४८९ मतान्तरले कुँवर विजयी भएका हुन्।

स्वतन्त्र पार्टीका राजन कुँवरले ४ हजार ३९२, हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१ र स्वतन्त्र उम्मेदवार हिक्मत कुँवरले १०२ मत प्राप्त गरेका छन्।

खसेको कुल ४१ हजार ६ सय ४३ मतमध्ये १ हजार ९७७ मत बदर भएका छन्। त्यहाँ २०७४ को निर्वाचनका एमालेका नेता भीमबहादुर रावलले २४ हजार ८ सय ९३ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार  ६ सय ८९ मत पाएका थिए।

प्रकाशित: Nov 23, 2022| 06:31 बुधबार, मंसिर ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।