काठमाडौं- काठमाडौं-३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी भएका छन्। नेकपा एमाले कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
चालिसेले १५ हजार १५८ मत पाउँदा राईले ११ हजार १९६ मत पाए। राई २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।