राजविराज- सप्तरी-२ को मतपेटिकाको सिल नम्बर फरक परेको भन्दै दलहरुले विरोध गरेपछि गणना कार्य रोकिएको छ। सिल नम्बर फरक परेको भन्दै मंगलबार साँझ ९ बजेतिर दलका प्रतिनिधिले विरोध गरेका थिए।
पेटिकाको सिल नम्बर मिलाउन पटकपटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीको आरोप छ।
सिल नम्बर मिलाएर मात्र गणना कार्य अघि बढाउन माग गर्दै नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन्।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मतगणना कार्य रोकेर सिल नम्बरको विवादका विषयमा अध्ययन भइरहेको जानकारी दिएका छन्।