कीर्तिपुर- काठमाडौं-१० 'क' बाट बागमती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गर्दै महर्जन निर्वाचित भएका हुन्।
महर्जनले १० हजार ८२ मत ल्याउँदा सापकोटाले ७ हजार ४०० मत ल्याए। नेकपा एमालेका शिवभक्ति बलामीले ७ हजार ३०९ मत पाए।
नेकपा माओवादी केन्द्रले ३ हजार ६०० मत ल्याएको यो प्रदेश सभा क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले २ हजार १७८ मत ल्याएको छ।
०७४ मा पनि पुकार यहीँबाट निर्वाचित भएका थिए।