काठमाडौं- प्रतिनिधिसभा सदस्यमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पछि पार्दै आचार्य निर्वाचित भएका हुन्।
आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत ल्याएका छन्।
मंगोल नेसनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाए।