धनगढी- प्रतिनिधि सभातर्फ सुदूरपश्चिममा नोपली कांग्रेस र नेकपा एमालेले ५/५ स्थानमा अग्रता लगेका छन्। बाजुराबाहेक प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम-२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर-२ र कञ्चनपुर-३ मा अग्रता लिएको छ। त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर-१, कैलाली-४ र ५ मा अग्रता लिएको छ।
अछाम दुईमा नेपाली कांग्रेका पुष्प शाही, डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्र प्रसाद बडू, कञ्चनपुर-२ मा एनपी साउँद र क्षेत्र नम्बर-३ मा रमेश लेखकले अग्रता लिएका छन्।
बझाङमा एमालेका उम्मेदवार ऐनसिंह महर, बैतडीमा एमालेका दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर–१ मा तारालामा तामाङ, कैलाली–४ मा लेखराज भट्ट र कैलाली–५ मा नारदमुनि रानाले अग्रता लिएका छन्।