काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग ५ सय मतले पछि परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याउँदा चौधरीले ६ हजार ८ सय ९० मतसहित पछ्याइरहेका छन्।
यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन्। जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्षसमेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन्।