काठमाडौं- रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले अग्रता बनाएका छन्। १६ हजार ३४५ मत गणना हुँदा पाैडेलले ५ हजार ३११ मत ल्याउँदै अग्रता बनाएका हुन्।
यसअघि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछि पारेका थिए। पौडेल अहिले ५ हजार १३६ मतका साथ दोस्रो स्थानमा छन्।
शुरूवातदेखि अग्रता लिएका रास्वपाका पाैडेललाई एमाले उपाध्यक्ष पाैडेलले १७५ मतले पछि पारेका हुन्।
गत्ता गठबन्धनको समर्थन पाएका जनमुक्ति पार्टीका केशवबहादुर सूर्यवंशीले ३ हजार ९६० मत ल्याएका छन्।