काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा करिव ८ हजार मतले अग्रता लिएका छन्। जारी मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १८ हजार ६७१ मतसहित अग्रता बनाएका हुन्।
नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत प्राप्त गरेका छन्। १ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ।