काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्षतर्फको पछिल्लो मत गणनाअनुसार भक्तपुर क्षेत्र–१ मा एमालेले अग्रता लिएको छ। एमालेका नवराज गेलालले ६ हजार ८१७ मतसहित पहिलो स्थान लिइरहेका छन्।
उनका निकटतम प्रतिस्पर्धीका नेमकिपाका प्रेम सुवालले ५ हजार २५९ मत प्राप्त गरेका छन्। भक्तपुर क्षेत्र–१ मा कुल ७४ हजार मत खसेको छ। सुवाल यसअघि २०७४ को निर्वाचनमा पनि भक्तपुर क्षेत्र–१ बाट विजयी भएका थिए। २०४८ देखि प्रत्येक निर्वाचनमा भक्तपुर क्षेत्र–१ मा नेमकिपाले जित्दै आएको छ।